logo-img

एनआरएनए निर्वाचनमा कुल आचार्यको समूहलाई समर्थन गर्न कांग्रेसको निर्देशन

गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचनमा नेपाली कांग्रेसले कुल आचार्यको समूहलाई समर्थन गरेको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा असोज ७ गते बसेको बैठकले आचार्यलाई समर्थन् गर्ने निर्णय गरेको थियो । 

कांग्रेसले शुक्रबार विदेशस्थित सबै नेपाली जनसर्म्पक समितिलाई आचार्यको समूहलाई जिताउन निर्देशन दिएको छ । बैठकले एनआरएनको लागि क्षेत्र हेर्ने केन्द्रीय नेतासमेत तोकेको छ । 

जसअनुसार युरोप क्षेत्रका लागि सहमहामन्त्री प्रकाशशरण महत र केन्द्रीय सदस्य गगन थापा, एसिया क्षेत्रका लागि केन्द्रीय सदस्यद्वय अर्जुननरसिंह केसी र अर्जुनप्रसाद जोशी, अमेरिका क्षेत्रका लागि केन्द्रीय सदस्य मीनेन्द्र रिजाल, अफ्रिका, मध्यपूर्व र नेपाली जनसर्म्पक समितिका लागि केन्द्रीय सदस्य एवं नेपाली जनसर्म्पक समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराई र प्रवक्ता विश्वप्रकाश शर्मा र ओसियाना क्षेत्रका लागि केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेलाई तोकिएको छ । 



एनआरएनको १० औं महाधिवेशन कात्तिक ६–८ देखि काठमाडौंमा हुँदै छ । अध्यक्ष पदका लागि कुल आचार्य, बद्री केसी र रविना थापाले उम्मेदवारी घोषणा गरेका छन् । 

महधिवेशन यसपटकबाट प्रतिनिधिले विश्वभरबाट अनलाइनमार्फत मतदान गर्न पाउने व्यवस्था मिलाएको छ । 





  • प्रकाशित मिति : असोज १६, २०७८ शनिबार २१:२१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया