गोकर्णेश्वर नगर सभापतिमा कुमार लामा निर्वाचित

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको सभापतिमा कुमार लामा निर्वाचित भएका छन् । उनी प्रतिद्वन्द्वी रामजी श्रेष्ठलाई हराउँदै निर्वाचित भएका हुन् ।

निर्वाचन समितिका अनुसार विजयी भएका कुमारले १०९ मत प्राप्त गरे । रामजीले भने ९३ मत मात्रै प्राप्त गरेका थिए । 

उपसभापति पदमा विकास श्रेष्ठ र बटुकृष्ण ढुंगेल निर्वाचित भएका छन् । 

दुई सचिव पदमा रमेश रिजाल र जयराम विष्ट, दुई सहसचिव पदमा अशोक नेपाल र गोकुलप्रसाद सिम्खडा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। 
 





  • प्रकाशित मिति : असोज १७, २०७८ आइतबार १०:५८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया