नेपाली कांग्रेस कालिकोटको सभापतिमा अम्बरबहादुर शाही सर्वसम्मत रुपमा चयन भएका छन् ।
नेपाली कांग्रेस कालिकोटको सातौं जिल्ला अधिवेशनबाट उपसभापतिमा देउवा पक्षका मीनबहादुर बोगटी र नन्दबहादुर शाही (घमन), सचिवमा नगेन्द्र बिष्ट र मात्रिका सिंह चयन भएका छन् ।
अन्य जिल्ला कार्य समिति र महासमिति सदस्यहरु पनि सहमति नै चयन गर्ने सहमति भएको नेपाली कांग्रेस कालिकोटका सचिव नगेन्द्र बिष्टले बताए ।
सभापति भएका शाही नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन भने उपसभापति भएका बोगटी प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन् । अर्का उपसभापति शाही पौडेल पक्षका हुन् ।
सचिव बिष्ट पौडेल पक्षका हुन् भने सिंह देउवा पक्षका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।