रामेछापमा सभापति पदका लागि दाेस्राे चरणमा निर्वाचन हुने

नेपाली कांग्रेस रामेछापको सभापति पदका लागि दाेस्राे चरणमा निर्वाचन हुने भएकाे छ । 

सभापति पदमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त नगरेपछि दाेस्राे चरणमा निर्वाचन हुने भएकाे हाे ।

दाेस्राे चरणमा सर्वाधिक मत प्राप्त गर्ने उम्मेदवार निर्वाचित हुने प्रावधान छ । 

प्रतिस्पर्धा भने पहिलाे र दाेस्राे मत प्राप्त गर्ने उम्मेदवारबीच हुने छ ।

कुल एक हजार ३८१ मत खसेकाेमध्ये सभापति पदमा उम्मेदवार पूर्णबहादुर तामाङ `कान्छाराम´ तामाङले ६६८ मत प्राप्त गरेका छन् ।

निवर्तमान सभापतिसमेत रहेका लवश्री न्याैपानेले ३५६ र कृष्णबहादुर महतले ३२८ मत प्राप्त गरेकाे निर्वाचन समितिले जनाएकाे छ । 



खसेकाे मतमध्ये २९ मत बदर भएकाे छ  । 

अब दाेस्राे चरणमा प्रतिस्पर्धा तामाङ र न्याैपानेबीच हुने भएकाे छ ।



  • प्रकाशित मिति : असोज १८, २०७८ साेमबार ७:४१:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया