logo-img

ललितानिवास जग्गा प्रकरण : १५ कात्तिकमा फैसला आउने

सर्वोच्च अदालतले बालुवाटारको ललिता निवास जग्गा प्रकरणबमरे परेको रिटको फैसला आगामी कात्तिक १५ मा सुनाउने भएको छ। 

यस विषयमा वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले पूर्वप्रधानमन्त्रीलाई मुद्दा चलाउनुपर्ने आदेशको माग गर्दै रिट दायर गरेका थिए। 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश नहकुल सुवेदीको इजलासले फैसला सुनाउने मिति तोकेको हो।



सोमबार ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि किन मुद्दा नचलाएको ? भन्ने विषयमा सुनुवाइ भएको थियो।

तत्कालीन मन्त्रिपरिषद्को बैठकको निर्णयका आधारमा ललितानिवास जग्गा प्रकरणको हिनामीना प्रकरणमा नेपाल र भट्टराईविरुद्ध सर्वोच्चमा रिट परेको हो। 

इजलासले बहस नोट मगाउन पनि आदेश दिएको छ।





  • प्रकाशित मिति : असोज १८, २०७८ साेमबार १८:५५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया