वडाध्यक्षले दुई वर्षको तलबभत्ता बृद्धबृद्धालाई बाँडे, भन्छन्– लोकसेवा पास गरेर तलब खान आएका होइनौं

दसैँ तिहारको पूर्व सन्ध्यामा कञ्चनपुर भीमदत्त नगरपालिका वडा नं. १ का अध्यक्ष आसेफ कुँवरले वृद्धवृद्धा तथा अपांगता भएकाहरुलाई रकम वितरण गरेका छन् । 

स्थानीय तहको निर्वाचनमा निर्वाचित हुनु अगावै तलब भत्ताबापत प्राप्त रकमलाई कञ्चनपुरका वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिलाई वितरण गर्ने प्रतिवद्धता गरेका उनले सोमबार सो रकम वितरण गरेका हुन् । 

कुँवरले दुई बर्षमा तलब भत्ता बापत प्राप्त गरेको ३ लाख ९२ हजार रुपैंया  बृद्धबृद्धा तथा अपांगता भएकाहरुलाई बितरण गरेका हुन् । 

‘जनप्रतिनिधि भएपछि आफुले पाउँदै आएको तलव भत्ता वापतको रकम वडामा रहेका बृद्धबृद्धा तथा अपांगता भएकाहरुलाई दिएको हुँ,’ वडा अध्यक्ष कुँवरले भने । 

नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष कुँवरले सोमबार बिहान वडाका १४२ जना जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दृष्टिविहीन र विपन्न परिवारलाई रकम वितरण गरेका हुन् । 

तलब लिएर वडा कार्यालय पुगेका अध्यक्ष कुवँरले ३ हजारका दरले रकम बाँडेका हुन् । ‘म निर्वाचनका बेलामा मत माग्दै गर्दादेखि निर्वाचन जितिसकेपछि पनि पाँच बर्षसम्म सरकारी सुविधा नलिने बचन दिएको थिएँ । आज त्यो पुरा गर्दै छु’ उनले भने । 



उनले कार्यकाल भरीको रकम समाजमै परोपकारी काममा लगाउने बताए । ‘हामी लोकसेवा पास गरेर तलब खान स्थानीय तहमा आएका होइनौं,’ कुवँरले भने ‘पाँच बर्षसम्म सुविधा नलिएर वडाको विकासदेखि जनताको हितका लागि काम गर्छु ।’ वडाध्यक्षको मासिक तलब २२ हजार रहेको छ । 

वडा अध्यक्षले रकम वितरण गरेपछि स्थानीय जेष्ठ नागरिकमा खुसीयाली छाएको छ ।
 



  • प्रकाशित मिति : असोज २५, २०७८ साेमबार १८:७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया