काठमाडौं । मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज र भोलि विजया दशमीका दिन बन्द गरिएको हो ।
बन्द रहेको केबलकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।
कोरोना महामारीका कारण लामो समय बन्द रहेको सेप्टेम्बरबाट खुल्ला गरिएको थियो । मनकामना मन्दीरको दर्शन गर्ने दशनार्थीहरू केवलकार चढेर मनकामना जाने गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।