हालान्डको दुई गोलमा डर्टमन्डको सहज जित

जर्मन बुन्डेस लिगा अन्तर्गत शनिबारराति भएको खेलमा बेरुसिया डर्टमन्डले माइन्जलाई ३–१ ले पराजित गरेको छ । 

घरेलु टोलीका लागि एर्लिङ हालान्डले दुई गोल र मार्को रिउसले १ गोल गरे । माइन्जका जोनाथन बुर्कार्डले १ गोल फर्काए । 

खेलको तेस्रो मिनेटमै रिउसले गोल गर्दै डर्टमन्डलाई अग्रता दिलाएका थिए । ५४ औं मिनेटमा हालान्डले पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
खेलको ८७ औं मिनेटमा माइन्जका बुर्कार्डले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । 

थप गरिएको समयमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमण्डलाई सहज जित जित दिलाए ।

जितसँगै डर्टमण्ड ८ खेलमा १८ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लिँदा समान खेलबाट १० अंकका साथ माइन्ज ११ औं स्थानमा छ ।

लिग अन्तर्गत आइतबार राति नै भएका अन्य खेलमा हेर्था बिएसीले फान्कफर्टलाई २–१, युनियन बर्लिनले उल्फ्सबर्गलाई २–०, बोचुमले ग्रेउथर फ्रुथलाई १–० ले पराजित गरे ।



बेरुसिया मोन्चेनगाल्डबाचले स्टुटगार्ट तथा आरबी लाइप्जिगले फ्रेइबर्गसँग १–१ को बरारबरी खेले । 
 



  • प्रकाशित मिति : असोज ३१, २०७८ आइतबार ९:०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया