प्रदेश १ का सबै जिल्लाका खेलकुद समितिले पाए नेतृत्व

प्रदेश १ को खेलकुद विकास बोर्डले प्रदेशका सबै जिल्लाहरुका खेलकुद समितिहरुमा नेतृत्व चयन गरेको छ ।

प्रदेशका सामाजिक विकासमन्त्री तथा खेलकुद विकास बोर्डका अध्यक्ष बलबहादुर साम्स्म्सोहाङको नेतृत्वमा बसेको प्रदेशको खेलकुद विकास बोर्डले प्रदेशका १४ जिल्लामा नेतृत्व चयन गरेको हो । 

लामो समय देखि खेलकुद समितिहरु रिक्त रहेकाले यसलाई महत्वपूर्ण उपलब्धि मान्नु पर्ने प्रदेश १ खेलकुद विकास बोर्डका सदस्यसचिव तथा नेपाल खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेतले बताएका छन् ।

‘प्रदेश १ को खेलकुद विकास बोर्डमा हामी आएपछि निकै द्रुत गतिमा हामीले काम सुरु गरेका छौँ,’ उनले भने, ‘आजको पहिलो बैठकले नै सबै जिल्लाहरुको नेतृत्वको चयन गरेको छ ।’

यसले प्रदेश १ को खेलकुदलाई अब थप चलायामान बनाउन सहयोग गर्ने पनि बस्नेतले बताएका छन् ।

‘खेलकुदले राज्यको नामलाई विश्वमा स्थापित गर्ने सबैलाई थाहा हुँदाहुँदै पनि यसलाई सरकारले प्राथमिकतामा राख्न सकेको छैन,’ उनले भने, ‘प्रदेश १ को खेलकुद विकास बोर्डले चाहिँ यथाशक्य खेल क्षेत्र र खेलाडीहरुको माग र ध्यान, आवश्यकता र चासोलाई सम्बोधन गर्न लागिपरेको छ । यसको उदाहरण आजको बैठक हो ।’



प्रदेश १ खेलकुद विकास बाेर्डका सदस्य सचिव पर्शुराम बस्नेत ।

‘मेरो नियुक्तिमा आलोचना गर्नेहरुले पनि अब काम द्रुत गतिमा हुन थालेपछि यसको महत्व बुझेका छन्,’ बस्नेतले भने, ‘हामी पूर्णरुपमा यो क्षेत्रमा खेलकुदको विकासमा समर्पित छौँ ।’



आज १४ जिल्लामा चयन भएका खेलकुद विकास समितिका नेतृत्वहरु यसप्रकार रहेका छन्ः

  • प्रकाशित मिति : कात्तिक ३, २०७८ बुधबार २१:५८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया