नाटकमाथि शिल्पीको कविता प्रतियोगिता : उत्कृष्टलाई २५ हजार पुरस्कार

शिल्पी थिएटरले नाटकमाथि कविता लेखन प्रतियोगिताको घोषणा गरेको छ । शिल्पीले नाटक ‘ठूला माछा साना माछा’माथि केन्द्रित रहेर कविता प्रतियोगिताको आयोजना गर्ने भएको हो ।

प्रतियोगिताले नाटक र कविताको सम्बन्ध बलियो बनाउने विश्वासका साथ अभियान सुरु गरेको निर्देशक घिमिरे युवराज बताउँछन् । नाटक हेरेर फर्किएपछि दर्शकको मनमा आएको विचार कवितामार्फत् अभिव्यक्त होस् भनेर यो अभियान सुरु गरेको घिमिरेको भनाइ छ ।

घिमिरे भन्छन्, ‘नाटक हेर्न कवि तथा लेखक आउँछन् । नाटक हेरिसकेपछि उहाँहरूमा केही न केही विचार जन्मन्छ । नाटक हेरेर जन्मिएको त्यहीं विचार कवितामार्फत् आओस् भन्ने प्रतियोगिताको उद्देश्य हो ।’

 
आम नागरिकको दैनिक जीवनको कथालाई लिएर तयार पारिएको यो नाटक बिहीबारबाट देशभरका करिब २१ ठाउँमा मञ्चन हुनेछन् । काठमाडौंबाट सुरु हुने ‘शिल्पी नाट्य यात्रा २०७८’ झापा, मोरङ, सुनसरी लगायतका स्थानमा मञ्चन हुनेछन् । नाटकमा निर्देशन तथा परिकल्पना युवराजकै रहेको छ ।

तिहारपछि यो नाटक काठमाडौंका डबलीहरूमा समेत मञ्चन गर्ने तयारी रहेको युवराजले बताए । मञ्चनस्थलमै पुगेर नाटक हेर्ने सम्भावना नभएका दर्शकले अनलाइनमार्फत् नाटक हेर्न सक्ने छन्। 

नाटकमाथि कोरिएका कविता प्रतियोगिताको संयोजन कवि शकुन्तला जोशीले गर्नेछिन् । देशभरिबाट २० जना उत्कृष्ट कविलाई काठमाडौं बोलाएर सेमिनार गरिने बताइएको छ । उत्कृष्ट २० बाट छानिने उत्कृष्ट ४ जनालाई जनही २५ हजार नगदसहित प्रमाणपत्र प्रदान गर्ने युवराजले जानकारी दिए ।





  • प्रकाशित मिति : कात्तिक ४, २०७८ बिहीबार १२:४७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया