कतै हामीले गलत समयमा खाना खाइरहेका त छैनाैं ?

आफ्नो शरीर अनुसार खाना नखाँदा हामीले विभिन्न समयमा विभिन्न बिमारीको सामना गर्दै आइरहेका छौं । तर, के हामीले आफ्नो जैवीक चक्र ‘बडी क्लक’ अनुरुप सही समयमा खाना खाइरहेका छौं ? के खानाको समयले हाम्रो बानी सँगसँगै स्वास्थ्यमा पनि सुधार आउन सक्छ ?

राजाकाे जस्तो नाश्ता

आज तपाईंले नाश्तामा के खानुभयो ? सायद तपाईंले चिकन करी, बिरयानी या यस्तै केही ‘हेभी’ खाना खानुभयो होला, होइन त ? जो प्रायः रातमा खानुहुन्छ । तर, धेरैजसो वैज्ञानिक दिनको सुरुवातमा धेरै क्यालोरीको सेवन गर्नु र खाना खाने समय केही चाँडो गर्दा स्वास्थ्यमा फाइदा पुग्ने बताउँछन् । जो महिलाहरु आफ्नो तौल घटाउन चाहन्छन्, तिनीहरूले बिहान चाँडै उठेर समयमा खाने खाने हो भने तौल घट्ने एक अनुसन्धान बताउँछन् ।

यस्तै, नाश्ता ढिलो गर्दा ‘बडि मास इन्डेक्स’ बढ्न जान्छ । किंग्स कलेज लन्डनमा न्युट्रिशियन साइन्का का अतिथि प्राध्यापक डक्टर गेरड पट भन्छन्– ‘एउटा पुरानो भनाइ छ नि ! राजाले जस्तो नास्ता गर । राजकुमारले जस्तो दिउँसोको खाना खाउ । र, भिखारीले जस्तो बेलुकीको खाना खाउ । जुन कुरा मलाई ठीक लाग्छ ।’ अहिले वैज्ञानिकहरू यसको परिणाम पत्ता लगाउन र खानाको समय अनि ‘बडि क्लक’ बीचको सम्बन्ध पत्ता लगउने कोसिसमा जुटिरहेका छन् ।

कहिले कहिले खानुहुन्छ तपाईं ?

तपाईंलाई लाग्ला, हाम्रो बडि क्लक केवल हाम्रो निद्रालाई मात्रै निर्धारण गर्छ । तर, होइन । खासमा हाम्रो शरीका हर कोशिकाको आफ्नै जैविक घडि हुन्छ । जसले हाम्रो दैनिक कामलाई निर्धारित गर्छ । जस्तैः बिहान उठ्नु, ब्लड प्रेशरलाई नियमित गराउनु, शरीरको तापमान र हर्मोनको स्तरलाई नियमित गर्नु...आदि इत्यादी । हाम्रो खानको बानी, असमयमा खाना या फेरि रातमा ढिला खानुले हाम्रो भित्रि चक्रमा के असर गर्छ ?



विशेषज्ञहरू यसको सोधमा लागिरहेका छन् । क्रोनो न्युट्रिशियन वा बडि क्लक र न्युट्रिशियनमाथि अनुसन्धान गरिरहेका पट भन्छन्– ‘हाम्रो शरीको एक आफ्नो जैविक घडि हुन्छ । जसले शरीरको सबै मेटाबलिक क्रियालाई कहिले–कहिले हुने भन्ने निर्धारण गर्छ ।’ यसबाट के थाहा हुन्छ भने रातमा हेभी खाना खानु पाचनको दृष्टिले सही मानिँदैन । किनकि, त्यस समयमा शरीरले आफैंलाई आरामको लागि तयार गरिरहेको हुन्छ ।

अनुसन्धानबाट के पनि थाहा भएको छ भने, रातको समयमा त्यति राम्रो पाचन प्रक्रिया हुँदैन । तर, यो किन यस्तो भइरहेको छ भन्ने विषय चाहिँ गर्भमै छ ।



शिफ्टमा काम गर्नुको असर

युनिभर्सिटी अफ सरेमा क्रोनोबायोली र इन्टेग्रेटिभ फिजियोलोजीमा रिडर डा. जोनाथन जन्सटन भन्छन् कि, हामीले कहिले खान्छौं र यसले हाम्रो स्वास्थ्यमा के असर पर्छ भन्ने कुरा बुझ्नु आवश्य छ । किनकि, यसको मोटापाबाट घेरिनु पनि ठूलो असर हुनसक्छ । ‘यदि हामीले कुनै सुझाव दिनु छ भने भन्छौं– तपाईंले के खानुहुन्छ ? जे खानुहुन्छ त्यसलाई छोड्नुपर्ने आवश्यकता छैन । तर, यदि खाना खाने समय मात्रै परिवर्तन गर्नुहुन्छ भने यी साना कुराको परिवर्तनले पनि हाम्रो स्वास्थ्यलाई स्वस्थ राख्न सहयोग गर्छ’ जोनाथनको भनाइ छ ।

र, धेरै प्रश्न

त्यसोभए के हामीले दिनमा पहिले खान सुरु गर्नपर्छ त ? खानको सही समय के हो र कुन समय खानु हुँदैन ? यी सबै हाम्रो व्यक्तिगत बडि क्लकबाट कसरी प्रभावित हुन्छन् ? जस्तो उदाहरणका लागि, बिहान चाँडै उठ्ने मान्छे या राति अबेर सुत्ने मान्छे या यी दुई बीचका मान्छे ?

अनि यस्तोमा केही खानेकुरा छन् जसलाई विशेष समयमा खानु हुँदैन ? डा. पट र डा. जन्सटनको स्वीकारोक्ति छ कि, हामीले दिनको सुरुवात हेभी नाश्ता या धेरै क्यालोरी सहितको भोजनबाट गर्नुपर्छ । यस्तै आफ्नो दिनको खानालाई पनि ‘हेभी मिल’ बनाउनुपर्छ ।

-एजेन्सीकाे सहयाेगमा । 

  • प्रकाशित मिति : कात्तिक ६, २०७८ शनिबार १९:४८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया