अभिनयमा नाम कमाइ सकेका यशपालले फिल्म पनि निर्देशन गरेका छन् । तर उनकाे याे यात्रा सहज थिएन । यशपालले जीवनमा के गरेनन् होला ? साइकलको पंचर टाले, भाँडा माझे, किराना पसलमा काम गरे । र आटाको चक्की पनि बनाए । यही होे ‘लगान’ र ‘गंगाजल’ जस्ता हिट फिल्ममा काम गरेका यशपाल शर्माको संघर्षमय काहानी ।
नाटकका लागि घरबाट भागेका थिए यशपाल
२२ वर्षको उमेरमा उनी हरियाणाको हिसारबाट आफ्नो घर छोडेर दिल्ली आए । अभिनयको भोक उनमा कति थियो भने पत्रिकामा नाटक ‘आधा युग’ को मन्चनको खबर सुनेर हेर्न जाने मन बनाई घरबाट निस्किए । यो नाटक उनलाई यति मन पर्यो कि, उनी चार महिनासम्म घर फर्केर आएनन् । जब चार महिनापछि घर फर्किए, मान्छेले कहाँ गएको ? के गर्न गएको ? भनेर सोध्न थाले ।
जवाफमा उनले अभिनय गर्न चाहान्छु भन्दा उनको कुराले परिवारका सदस्य कसैलाई पनि खुसी बनाउन सकेन । हरेकको मनमा अभिनय भनेको नौटंकी हो र यसमा केही कमाइ हुँदैन भन्ने धारणा थियो । उनका परिवारलाई पनि यही लागेर सपोर्ट गरेका थिएनन् ।
पढाइ खर्चका लागि पार्ट–टाइम जब
कक्षा १० पास गरेपछि यशपालले एउटा दुःखद अवस्थाको भोग्नुपर्यो । त्यो के भने, उनकी आमको मृत्यु भएको थियो । उनका बुबा जिम्मेवारहीन थिए । त्यसैले पढाइ पूरा गर्नका लागि आफंै पार्ट टाइम जब गर्न सुरु गरेका थिए । कुनै काम सानो भनेनन् ।
यसरी संघर्ष गर्दागर्दै यशपाल दिल्लीको नेशनल स्कुल अफ डाम्रा (एनएसडी) पुगे । एनएसडीमा पढाइ सकेर जब यशपाल घर पुगे तब छिमेकीहरूले सोधे– फिल्ममा कहिलेदेखि आउँछौ ? उनलाई गिज्याउँदै भन्थे, फिल्मको ट्रेनिङ लिएर पनि फिल्लमा किन देखिँदैनौ हँ ? पढाइ सकेर सन् १९९६ मा यशपाल मुम्बइ पुगे ।
फिल्म खैल्दैछ भनेर कसैले पत्याएनन्
यशपालको पहिलो फिल्म हो, ‘हजार चौरासी की मां’ । त्यसपछि उनले ‘शूल’ फिल्म गरे । त्यसपछि फेरि तेस्रो फिल्म ‘अर्जुन पण्डित’ मा काम गरे । जब फिल्मा काम मिल्न थाल्यो, यशपालले घरमा फोन गरेर भने कि, म सनी देवलसँग फिल्म शुटिङ गर्दैछु । तर, कसैलाई विश्वास भएन ।
घर–परिवारले उनलाई आफ्नो ख्याल राख्न सुझाए । तर, जब उनी पर्दामा देखिए तब सबैलाई विश्वास भयो– साँच्चिैकै यशपाल फिल्ममा खेलेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।