बैठक स्थगित गर्न माग राख्दै कांग्रेसको प्रदेशसभामा निवेदन दर्ता
फरकधार / ७ कात्तिक, २०७८

प्रदेश-१ को आजको प्रदेशसभा बैठक स्थगित गर्न नेपाली कांग्रेसले प्रदेशसभा सचिवालयमा लिखित निवेदन दिएको छ । एक दिनका लागि बैठक स्थागित गर्न माग गर्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले निवेदन दिएका हुन् । 



प्रदेश सचिवालयका सचिव गोपाल पराजुलीले बैठक एक दिनका लागि स्थागित गर्न माग राख्दै निवेदन परेको जानकारी दिए ।

मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिने प्रयोजनका लागि साढे १२ बजे प्रदेशसभा बैठक बस्दैछ ।



  • प्रकाशित मिति : कात्तिक ७, २०७८ आइतबार ११:५०:४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया