प्रधानन्यायाधीश जबराले राजीनामा नदिने

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अन्ततः राजीनामा नदिने अवस्थामा पुगेका छन् । 

उनले महाअभियोग सामना गर्न तयार रहेको संकेत गरेका छन् ।

उनले भनेका छन्, ‘कसैको दबाब’ मा सडकबाट राजीनामा माग्दैमा त्यसको निम्ति तयार नहुने’ । 

संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीश बनेको उनको तर्क छ । उनले निकास दिनुपरे पनि संविधानको प्रक्रियाबाट दिने बताएका छन् ।

‘संविधानको प्रक्रियाबाट म आएको छु र त्यही संविधानको प्रक्रियाबाट मात्रै म जाने हो’, जबराको भनाइ छ ।

जबराले निकास दिनुपर्ने माग सर्वोच्चकै बहालवाला न्यायाधीशहरूले गर्दै आएका छन् ।



सोमबार चार जना पूर्वप्रधानन्यायाधीशले पनि न्यायालयको गरिमा जोगाउन भएपनि जबराको बहिर्गमन अनिवार्य भएको बताएका थिए ।

नेपाल बार, सर्वोच्च बारदेखि पूर्वन्यायाधीशहरूले पनि उनले निकास दिनुपर्ने बताउँदै आएका छन् । 



उनीमाथि मन्त्रिपरिषद् र संवैधानिक नियुक्तिमा भाग लिएको आरोप लागेको छ । यससँगै उनले स्वचालित गोलाप्रथाबाट मुद्दाको पेसी तोक्न रुची नराखेको पनि आरोप छ । 

नातामा जेठान पर्ने गजेन्द्रबहादुर हमाल मन्त्री भएपछि जबराले कार्यपालिकासँग भाग लिएको विषय बाहिरिएको हो । 
 


  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार ११:५२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया