प्रधानन्यायाधीश मात्र किन ? पाँचैजना न्यायाधीशलाई कारबाही हुनुपर्छ : एमाले नेता बडाल

नेकपा (एमाले)का स्थायी कमिटी सदस्य केशव बडालले आफ्नो पार्टी प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउने वा राजीनामा माग्ने पक्षमा नभएको स्पष्ट पारेका छन् ।

‘महाभियोग लगाउने कि नलगाउने त्यो हाम्रो विषय होइन । गठबन्धन सरकारमा १६५ जना सांसदहरुको गणित छ, उहाँहरुले के गर्नुहुन्छ त्यो उहाँहरुको कुरा हो । एमाले महाभियोगको विषयमा अघि बढ्न आवश्यक छैन । महाभियोग वा राजीनामा दिने यो हाम्रो चासोको विषय होइन,’ रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने ।

उनले आजको अवस्थामा पुर्याउनको लागि कसले बाध्य बनायो यो मुख्य विषय भएको पनि टिप्पणी गरे । उनले हिजो तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाभियोग लगाउन हुँदैन भनेर आफूहरुले सशक्त आवाज उठाएको पनि उनले स्मरण गराए ।

उनले संविधानलाई च्यातचुत गर्न र एमालेलाई सिध्याउन जेसुकै गर्ने काम यो बीचमा भएको भन्दै गुनासो पोखे । उनले भने, ‘अहिले जुन विषय उठिरहेको छ, पाँचजनाको इजलासले यति घण्टाभित्र फलानोलाई प्रधानमन्त्री बनाउन भनेर परमादेश जारी गर्ने काम भयो, म त भन्छु अहिले किन प्रधानन्यायाधीशलाई मात्रै पाँचैजनालाई कारबाही हुनुपर्छ ।’

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले महाभियोग लगाउने भनेर नभनेको पनि स्मरण गराए । उनले भने, ‘यो विषयमा पनि गठबन्धनको तीनथरीको कुरा आएको छ ।’ हिजो एमाले नेतृत्वको सरकारले जनतामा जाने भन्दा प्रतिगमन हो भनिएको उल्ल्लेख गर्दै उनले मुलुकलाई अहिलेको गञ्जागोलको स्थितिमा ल्याउनको लागि विगत दुई वर्षदेखि षड्यन्त्र भएको पनि आरोप लगाए । उनले भने, ‘यो परिस्थितको सिर्जनाकार गठबन्धन हो ।’ 

उनले हिजो गरेको सेटिङको परिणाम अहिले छताछुल्ल भएको पनि टिप्पणी गरे ।






  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार २१:५८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया