एमाले स्थायी कमिटी बैठक बस्दै
फाइल फाेटाे

नेकपा एमालेकाे स्थायी कमिटी बैठक बस्ने भएकाे छ ।

बैठक आज (बिहीबार) अपरान्ह चार बजे च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ । 

आजकाे बैठकमा वडा र पालिका अधिवेशनकाे समीक्षा लगायतका विषयमा छलफल हुने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

एमालेले ६ हजारभन्दा बढी वडा र ६०० भन्दा धेरै पालिकामा अधिवेशन सम्पन्न गरी सकेकाे छ। बाँकी रहेका वडा र पालिकाकाे अधिवेशन कात्तिकमै सक्ने एमालेले बताएकाे छ ।

एमालेकाे दशौं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । साेही महाधिवेशनका बारेमा पनि छलफल हुने तामाङले जानकारी दिए ।


 





  • प्रकाशित मिति : कात्तिक ११, २०७८ बिहीबार ८:२१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया