भाटभटेनीमा क्युआर कोड भुक्तानी सेवा सुरु

भाटभटेनी सुपरमार्केटले क्युआर कोड भुक्तानी सेवा सुरु गरेको छ । बिहीबार टंगालस्थित भाटभटेनी स्टोरबाट प्रभु बैंकको सहकार्यमा क्युआर भुक्तानी सेवा सुरु गरेको हो ।

क्युआरको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नगद कारोबार एकदमै झन्झटिलो हुने भन्दै क्युआरबाट भुक्तानीले समयको बचतसँगै सुरक्षित कारोबार हुने बताउँदै यसले प्रयोगकर्तालाई मात्र नभई व्यवसाय गर्नेलाई पनि फाइदा पुग्ने बताउँदै बताए ।

गभर्नर अधिकारीले नेपालमा क्युआरको प्रयोग सुरु भएपछि आफैले पनि कमै नगदको प्रयोग गरेको स्मरण गर्दै भुक्तानीको इकोसिस्टम बनाउन राष्ट्र बैंक र सरकार अग्रसर रहेको बताए । गभर्नर अधिकारीले गत वर्षको पुस १० गते पहिलो पटक क्युआर भुक्तानी सेवाको उद्घाटन गरेका थिए ।

भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले सरकार र राष्ट्र बैंकको क्यास लेस अभियानलाई सहयोग गर्न आगामी दिनमा सबै आउटलेटहरूमा क्युआर भुक्तानी सेवा सुरु गर्ने बताए । 

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अबको युग नै प्रविधिमा आधारित भएको बताउँदै यसको प्रयोग बढ्दा औपचारिक अर्थतन्त्रमा टेवा पुग्ने र कारोबार पनि पारदर्शी हुने कुरामा जाेड दिए ।





  • प्रकाशित मिति : कात्तिक ११, २०७८ बिहीबार १५:३२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया