प्रधानन्यायाधीशको राजीनामा मागेर मात्र समस्याको समाधान हुन सक्दैन : महेश बस्नेत

नेकपा (एमाले) का सांसद महेश बस्नेतले व्यक्तिगत ढंगले नभइ प्रवृत्ति र नीतिगत ढंगले न्यायपालिकाको सुधार गर्नुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले प्रधानन्यायाधीशको राजीनामा मागेर मात्रै समस्याको समाधान नहुने बताए ।

‘यसलाई व्यक्तिगत भन्दा पनि नीतिगत र प्रवृत्तिगत तरिकाले अघि बढ्नुपर्छ, प्रधानन्यायाधीशको राजीनामा मागेर मात्रै समस्याको समाधान हुन सक्दैन, विकृति, विसंगतिहरूको हल गर्नुपर्छ, प्रधानन्यायाधीशले मन्त्रालय, राजदूत, पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवसमेतको भाग खोज्नु लाजमर्दो हो,’ बस्नेतले भने ।  

उनले न्यायपालिकालाई सदृढ बनाउन प्रधानमन्त्रीको पहलमा सर्वदलीय बैठक बसेर यसको निकास दिनुपर्ने पनि बताए । 

अर्की एमाले सांसद एमालेकी सांसद सुजिता शाक्यले अहिलको सरकार नै अवैधानिक तरिकाले बनेको बताइन् । उनले प्रधान्यायाधीशमाथि प्रश्न उठ्नुमा अहिलेको सरकार पनि जिम्मेवार रहेको बताए । 

‘अहिलेको सरकार नै अवैधानिक थियो, यसमा सरकारको जो नेतृत्व छ, नेतृत्व पनि जिम्मेवार छ, न्यायालय त जिम्मेवार हुने नै भयो, दुईवटै पक्षबाट गल्ती भएको छ, आफ्नो नैतिकताका आधारमा राजीनामा दिनुपर्छ,’ शाक्यले भनिन् । 

एमाले अर्का सांसद झपट रावलले अदालतको बेथितीलाई कानूनसम्मत निकास दिनुपर्ने बताए । उनले न्यायालयले नै न्याय खोज्नु बिडम्बना भएको बताए । 



‘बेथितीलाई रोक्न कानूनले भनेअनुसार चल्नुपर्छ, न्यायालयले नै न्याय खोज्नु जस्तो बिडम्बना अरु केही हुन सक्दैन, न्यायपालिकाबाटै अराजकता देखिन मुलुक कता जाँदैछ भन्ने भान गराउँछ, संसदले छानबिन समिति बनाएर यसलाई निकास दिनुपर्छ,’ उनले भने । 




  • प्रकाशित मिति : कात्तिक ११, २०७८ बिहीबार १८:५९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया