नेकपा एमालेले हालसम्म बैतडीका आठवटा वडाहरूको अधिवेशन सम्पन्न गरेको छ । अहिलेसम्म जिल्लाको दोगडाकेदार गाउँपालिकाका सातवटा वडाहरू र दशरथचन्द नगरपालिकाको एउटा वडामा अधिवेशन सम्पन्न गरेको हो ।
आठवटा वडाहरू रहेको दोगडाकेदार गाउँपालिकाको वडा- १ बाहेक सबै वडामा अधिवेशन सम्पन्न गरेको पार्टीका गाउँपालिका कमिटी अध्यक्ष काशीसिंह बिष्टले बताए ।
दोगडाकेदार- २मा उमापति भट्टको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरिएको छ । यसैगरी वडा- ३ मा करनराम भुल, वड- ४मा तर्कराज भट्ट, वडा-५ मा मोहनसिंह कार्की, वडा- ६ मा नैनसिंह गोयला, वडा- ७ मा महादेव भट्ट र वडा- ८ मा डम्बरबहादुर बिष्टको अध्यक्षतामा वडा कमिटीहरू बनाइएको उनले बताए ।
३१ सदस्यीय उक्त वडा कमिटीहरूमा कम्तीमा १० जना महिलालाई समावेश गरिएको विष्टले जानकारी दिए ।
वडा अधिवेशन सम्पन्न गरिएको जिल्लाको दशरथचन्द नगरपालिका-७ मा हरिदत्त बडूको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।
वडाहरूमा भएका अधिवेशनबाट अहिलेसम्म सर्वसम्मतिमै नयाँ नेतृत्व चयन गरेको एमाले बैतडीका कार्यालय सचिव सरस्वती नेपालीले बताइन् ।
अधिवेशन गर्न बाँकी बैतडीका ७६ वटै वडामा भोलि (शुक्रबार) एकै दिन अधिवेशन सम्पन्न गर्ने तयारी भएको कार्यालय सचिव नेपालीले जानकारी दिइन् । उनका अनुसार अधिवेशनका लागि सबै वडामा तयारी पूरा भइसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0