बारमा कुटाकुट भएपछि दीपकको व्यङ्ग्य- बारको अघि रेस्टुरेन्ट थप्नुस

शुक्रबार दिउँसो नेपाल बार एसोसिएसन परिसरमा एक रमाइलो दृष्य देखियो । जुन दृष्यमा दुई कानुन व्यवसायी कुटाकुट गरिरहेका थिए । कानुन व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुडालबीच हात हालाहाल मात्रै भएन, एकले अर्कालाई लात्ती नै हान्न भ्याए ।

दुई कानुन व्यवसायीबीचको यो लफडा अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनीहरूको यो लफडालाई लिएर विभिन्न क्षेत्रका मानिसहरूले विभिन्न खाले प्रतिक्रिया दिइरहेका छन्। 

यसैबीच कलाकार दीपकराज गिरीले व्यङ्ग्य गर्दै स्टाटस पोस्ट गरेका छन् । उनले बारका अगाडि रेष्टुरेन्ट थप्ने हो कि भनेर प्रश्न गरेका छन् । गिरी फेसबुकमा लेख्छन्, ‘कानुन व्यवसायीहरूको संस्था ‘बार’को अगाडि ‘रेस्टुरेन्ट’ शब्द पनि थप्ने हो कि ? त्यसपछि रेष्टुरेन्ट एन्ड बार हुन्थ्यो । जति कुटाकुट गरे पनि भो !’





  • प्रकाशित मिति : कात्तिक १३, २०७८ शनिबार ७:४२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया