प्रिमियर लिग : युनाइटेडको सहज जित

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले सहज जित निकालेको छ । उसले शनिबार राति भएको खेलमा टोटेनहमलाई ३-० ले हराएको हो ।

खेलको ३९औं मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए ।

६४औं मिनेटमा रोनाल्डोको पासलाई सदुपयोग गर्दै एडिन्सन काभानीले गयुनाईटेडको अग्रता दोब्बर बनाए । ८६ औं मिनेटमा मार्कुस रासफोर्डले गोल गर्दै टोलीलाई सहज जित दिलाए ।

जितसँगै युनाइटेड १० खेलमा १७ अंक जोडेर पाँचौं स्थानमा उक्लिँदा टोटेनहम १५ अंकका साथ आठौं स्थानमा छ ।
 
लिग अन्तर्गत शनिबार नै भएका अन्य खेलमा बर्नेलीले बेन्टफोर्डलाई ३-१ र साउथह्यामटनले वाट्फोर्डलाई १-० ले पराजित गरे । 





  • प्रकाशित मिति : कात्तिक १४, २०७८ आइतबार ८:२७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया