च्याम्पियन्स लिग : रियल र साख्तर प्रतिस्पर्धा गर्दै

युइएफए च्याम्पियन्स लिगमा समूह‘डी’अन्तर्गत आज राति स्पेनिस क्लब रियल मड्रिडले घरेलु मैदानमा युक्रेनी क्लब साख्तर डोनेस्कको सामना गर्दैछ । 

खेल सान्टियागो बर्नाबेउ मैदानमा नेपाली समयअनुसार राति साढे ११ बजे सुरु हुनेछ । घरेलु मैदानमा साख्तर डोनेस्कलाई हराउँदै रियल च्याम्पियन्स लिगको नकआउट चरण पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । 

साख्तर पनि रियललाई स्तब्ध पार्दै समूहमा पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ । 

यी दुईबीच हालसम्म ५ खेलमा प्रतिस्पर्धा हुँदा रियल ३ र साख्तर २ खेलमा विजयी भएका छन् ।

सन् २०१५–१६ को सिजनमा भएको पहिलो भेटमा रियल ४–० ले विजयी हुँदा पछिल्लोपटक जारी सिजनको पहिलो खेलमा पनि रियल ५–० ले विजयी भएको थियो । 
यही समूहमा मोल्दोभाको एफसी सेरिफले घरेलु मैदानमा इटालियन क्लब इन्टर मिलानको सामना गर्दैछ । 

घरेलु मैदानमा इन्टरलाई हराएर सेरिफ शीर्ष स्थानमा कायम रहँदै नकआउट चरण पुग्ने सम्भावना बलियो बनाउने लक्ष्यमा हुनेछ । मिलान पनि आज जित हात पार्दै नकआउट चरणको सम्भावना जिवित राख्ने सोचमा हुनेछ । 



सेरिफ ३ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा रहँदा समान अंक नै रहेपनि रियल मड्रिड ‘हेड टु हेड’को आधारमा दोस्रो स्थानमा छ । इन्टर मिलान ४ अंकका साथ चौथो तथा साख्तर १ अंक जोडेर पुछारमा छ । 



  • प्रकाशित मिति : कात्तिक १७, २०७८ बुधबार १६:१०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया