logo-img

कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या करिव साढे ५० लाख

कोरोना भाइरसको संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या ५० लाख नाघेको छ । 

वल्डोमिटर्सको तथ्याङ्क अनुसार बिहीबार दिउँसोसम्म विश्वभर कोरोना भाइरस संक्रमणका कारण ५० लाख ३७ हजार ८६७ जनाको मृत्यु भएको छ । 

कोरोना भाइरसका कारण सबैभन्दा बढी अमेरिकामा ७ लाख ७० हजार ८५४ जनाको मृत्यु भएको छ । अमेरिकापछि मृत्यु हुनेको ठूलो संख्या ब्राजिलमा रहेको छ । ब्राजिलमा हालसम्म कोरोनाका कारण ६ लाख ८ हजार ३०४ जनाले ज्यान गुमाएका छन् । 



कोरोनाका कारण मृत्यु हुनेको तेस्रो ठूलो संख्या भारतमा रहेको छ । भारतमा हालसम्म ४ लख ५९ हजार ६६१ जनाको मृत्यु भइसकेको छ । 

विश्वमा हालसम्म २४ करोड ८८ लाख ६९ हजार १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भइसकेको छ । संक्रमितमध्ये २२ करोड ५४ लाख ६८ हजार ६७९ जना निको भइसकेका छन् । 

बिहीबार दिउँसोसम्म विश्वमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या १ करोड ८३ लाख ६२ हजार ४६९ जना रहेको छ । 



विश्वमा सबैभन्दा पहिला कोरोना भाइरस संक्रमण चीनको वुहान सहरमा सन् २०१९ डिसेम्बर अन्तिम साता एक व्यक्तिमा देखिएको थियो । त्यसपछि विश्वभर फैलिएको यो भाइरस अहिले २२१ देश तथा क्षेत्रमा देखिएको छ । 



  • प्रकाशित मिति : कात्तिक १८, २०७८ बिहीबार १३:१८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया