रौतहटमा १ हजार बढी हेक्टर जमिनको धान नष्ट

कात्तिकको पहिलो साता भएको बेमौसमी वर्षाका कारण रौतहटमा काटेर भित्र्याउन ठिक्क पारिएको धानबाली नष्ट भएको छ ।

अविरल वर्षाका कारण जिल्लाका विभिन्न भागमा भित्र्याउन लागिएको धानबाली नष्ट भएको हो । काटेर भित्र्याउन लागिएको धानबाली डुबानमा परेका छन् भने नकाटेको धानबालीमा समेत क्षति पुगेको छ । 

कृषि ज्ञान केन्द्र रौतहटले काटेर राखिएको अनुमानित १ हजार १३० हेक्टर जमिनको धान नष्ट भएको बताएको छ । त्यस्तै १ हजार २ हेक्टर जमिनमा लगाएको धान हावाहुरी र पानीको कारण उत्पादन लिन नसकिने गरी क्षति भएको छ । केन्द्रका अनुसार बाला लाग्ने बेला भएको ८ सय २५ हेक्टर जमिनमा लगाएको धान पूर्ण रूपमा नोक्सान भएको छ । 

जिल्लामा यसपाली ३५ हजार ५३५ हेक्टर जमिनमा धान खेती गरिएकोमा कुल ८.१८ प्रतिशत जमिनमा लगाइएको धानमा नोक्सानी पुगेको कृषि ज्ञान केन्द्र रौतहटको तथ्यांक छ ।

पीडित किसानहरूले आफूहरूले लगाएको सम्पूर्ण धानबाली नष्ट भएकोमा दुखेसो गर्दै सरकारसँग क्षतिपूर्ति माग गरेका छन् । सरकारले किसानको समस्यालाई समाधान गरे जीविकोपार्जनमा सहज हुने उनीहरूको भनाइ छ ।



सरकारले किसानलाई राहत दिने घोषणा गरेको भएपनि हालसम्म किसानले कुनै पनि राहत नपाएको किसानहरूले बताएका छन् ।
 



  • प्रकाशित मिति : कात्तिक १८, २०७८ बिहीबार १४:३३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया