दीपावली मनाउने संसारभरका मानिसलाई बाइडेनको शुभकामना

अमेरिकी राष्ट्रपति जो बाइडेनले दीपावली मनाउने संसारभरका मानिसलाई शुभकामना दिएका छन्। दीपावलीको अवसरमा दियो बाल्दै उनले शुभकामना व्यक्त गरेका हुन् । 

बिहीबार लक्ष्मीपूजाको रात नेपाली समयअनुसार ८ बजेर ३१ मिनेटमा राष्ट्रपति निवास ह्वाइट हाउस​भित्र दियो बालेको तस्बिरसहित बाइडेनले ट्वीटरमार्फत दीपावलीको शुभकामना दिएका हुन्। 

उनले आफ्नो सन्देशमा संसारभरका सबै हिन्दु, शिख, जैन र बौद्धहरूलाई शुभकामना दिएका छन्।

तस्बिरमा उनकी पत्नी तथा अमेरिकाकी प्रथम महिला जील बाइडेन पनि सँगै देखिएकी छिन्।

 





  • प्रकाशित मिति : कात्तिक १८, २०७८ बिहीबार २१:३९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया