बसकाे ठक्करबाट देउसी खेलिरहेका दुई जनाकाे मृत्यु

शनिबार राति पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१९ नेवारपानी नजिक बसको ठक्करबाट दुई जनाको ज्यान गएको छ । यसैगरी ६ जना घाइते भएका छन् ।  

हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको बसले अनियन्त्रित भएर देउसी खेलिरहेकालाई ठक्ककर दिँदा दुबै जनाकाे घटनास्थलमै ज्यान गएकाे हाे ।

मृत्यु हुनेहरूमा हेटाैंडा-१५ का करिब २० वर्षीय सुजन विष्ट र चितवन घर भएका ३४ वर्षीय प्रेमबहादुर सिंह रहेका छन् ।

घाइते हुनेमा हेटौंडा-१९ का १६ वर्षीय संगम नेपाली, १० वर्षीया निष्ठा मोक्तान, ३५ वर्षीया तुलशा विष्ट, ३५ वर्षीया लक्ष्मी गुरुङ र ४७ वर्षीय टंकप्रसाद डल्लाकोटी रहेका छन् । 

बस अनियन्त्रित हुँदा दुर्घटना घट्न गएकाे प्रहरीले जनाएकाे छ । यता बसमा भने स्थानीयले आगजनी गरेका छन् ।

 बाटो नजिकै रहेको घरमा बस अनियन्त्रित भई देउसी खेलिरहेकाहरूलाई ठक्कर दिएको प्रहरीले बताएको छ। ठक्कर दिने बसमा भने स्थानीयले आगजनी गरेका छन् । 





  • प्रकाशित मिति : कात्तिक २१, २०७८ आइतबार ७:२०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया