संयुक्त राष्ट्रसंघका सहायक महासचिव नेतृत्वको टोली काठमाडौंमा
तस्बिर : नेपाली सेना

संयुक्त राष्ट्रसंघका सहायक महासचिव क्रिस्टियन सौन्देर्सको नेतृत्वमा रहेको टोली काठमाडौं आइपुगेको छ।

राष्ट्रसंघद्वारा हरेक चार–चार वर्षमा दिइने सोधभर्ना दरको समीक्षा र निरीक्षण गर्न उक्त निरीक्षण टोली आएको हो।

सौन्देर्स नेतृत्वको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपरथी सीताराम खड्काले स्वागत गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

सहायक महासचिव सौन्देर्सले सोमबार नै प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेटघाट गरेका छन्।

उनले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण समेत गर्नेछन्। रक्षामन्त्री र परराष्ट्रमन्त्रीसँग सहायक महासचिवको नेतृत्वको टोलीले शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ।





  • प्रकाशित मिति : कात्तिक २२, २०७८ साेमबार २०:५४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया