logo-img

स्विडेनलाई हराउँदै स्पेन विश्वकपमा छनाेट

फिफा विश्वकप युरोपियन छनोट अन्तर्गत आइतबार राति स्विडेनलाई १-० गोल अन्तरले पराजित गर्दै घरेलु टोली स्पेनले विश्वकपमा स्थान सुरक्षित गरेको छ ।

स्टाडियो डि ला कार्टुजामा खेलको ८६औं मिनेटमा डानियल ओल्मोको पासलाई सदुपयोग गर्दै अल्भारो मोराटाले गरेको एक मात्र गोल स्पेनलाई विश्वकपमा छनोट गराउन पर्याप्त बन्यो ।
 
यो जितसँगै स्पेन ८ खेलबाट १९ अंक जोड्दै समूह ‘बी’ को शीर्ष स्थानमा रहँदा स्वीडेन १५ अंकका साथ दोस्रो स्थानमा रहेकाे छ । 

पराजित स्विडेनले विश्वकप छनोटका लागि प्ले अफ खेल्नु पर्ने भएको छ ।



यही समूहको अर्को खेलमा ग्रीस र कोसोभोले १-१ गोलको बराबरी खेल्दै अंक बाँडे । 





  • प्रकाशित मिति : कात्तिक २९, २०७८ साेमबार ७:१९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया