पढाइलाई उमेरले छेकेन, १०४ वर्षीया वृद्धाले ल्याइन् उत्कृष्ट नम्बर

शिक्षा लिन उमेर बाधक हुँदैन । जोकोहीले पनि जुनसुकै बेला अध्ययन गर्न सक्छन्। र, यसको सफल उदाहरण बनेकी छन् भारतकी एक वृद्धा ।

केरला राज्यकी १०४ वर्षीया कुट्टिआमाले राज्यले हालै लिएको साक्षरता परीक्षामा उत्कृष्ट नम्बर ल्याएकी हुन् । १०० पूर्णाङ्कमा उनले ८९ नम्बर ल्याएकी हुन् । 

केरलाका शिक्षामन्त्री भी शिभनकुट्टेले ट्विटरमा लेखेका छन्, ‘१०४ वर्षीया कुट्टिआमाले केरला राज्यको साक्षरता अभियानको परीक्षामा १०० पूर्णाङ्कमा ८९ नम्बर प्राप्त गरेकी छन् ।’ वृद्धाको प्रगतिबाट आफू खुसी भएकोसमेत  शिक्षामन्त्रीले उल्लेख गरेका छन् । 

परीक्षामा उत्कृष्ट नतिजा ल्याएकोमा शिक्षामन्त्रीले वृद्धालाई बधाई तथा शुभकामना दिएका छन् । ‘उच्च माया र सम्मानसाथ कुट्टिआमा र अन्य नयाँ शिक्षार्थीलाई शुभकामना दिन चाहन्छु ।’ शिक्षामन्त्रीले कुट्टिमायको हाँसेको तस्बिरसमेत पोस्ट गरेका छन् । 

केरला सरकारले ल्याएको निरन्तर शिक्षा योजनाअन्तर्गत हालै परीक्षा सञ्चालन भएको थियो ।

सो शिक्षा योजनामा सहभागी नहुन्जेल कुट्टिमाया विद्यालय गएकी थिइनन् । साक्षरता अभियानमा सहभागी नहुन्जेल उनलाई पढ्न र लेख्न आउदैनथ्यो ।  –न्युज कारखाना





  • प्रकाशित मिति : कात्तिक ३०, २०७८ मंगलबार १२:१४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया