logo-img

रासायनिक मलको सहज आयातका लागि पहल जारी छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले रासायनिक मलको अभाव हुन नदिन सरकारले पहल गरिरहेको बताएका छन् ।

सरकारी निवास बालुवाटारमा कपिलवस्तु–३ बाट निर्वाचित कांग्रेस सांसद अभिषेकप्रताप शाह नेतृत्वको टोलीसँगको भेटमा प्रधानमन्त्री देउवाले किसानलाई आवश्यक मल अभाव नहुनेगरी आपूर्तिको पहल भइरहेको बताए ।

कपिलवस्तुबाट आएका सांसद शाहले मलखाद्य नपाउँदा किसान मारमा परेको जानकारी गराएका थिए । ‘मलखाद्य नपाउँदा किसानलाई धेरै नै सास्ती भइरहेको छ । मलखाद्यको व्यवस्था छिटोभन्दा छिटो हुनुपर्‍यो भन्यौं,’ शाहले भने, ‘उहाँ (प्रम) ले कुरो भइरहेको छ । भारतसहित अरू देशसँग कुरा भइरहेको जानकारी गराउनुभयो ।’ 



नेपालमा मलखाद्यको अभाव र भारतबाट नेपाली किसानले ल्याउँदा भारतीय सुरक्षाकर्मीले दुःख दिने गरेको छ । सरकारले भारतसहित बंगलादेशलगायत राष्ट्रबाट मलखाद्य ल्याउन परराष्ट्र र कृषि मन्त्रालयमार्फत पहल अगाडि बढाइरहेको छ ।

यसअघि सांसद शाहले गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर मलखाद्यको सहज व्यवस्था गर्न ध्यानाकर्षण गराएका थिए । कपिलवस्तुमा अधिकांश परिवार खेतीकिसानीमा आश्रित छ । तर समयमा मल नपाउँदा किसान मारमा छन् ।  





  • प्रकाशित मिति : कात्तिक ३०, २०७८ मंगलबार १७:४१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया