logo-img

कतारसँगको पहिलो खेलमा नेपालको फराकिलो जित

कतारविरुद्धको ३ खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत मङ्गलबार भएको पहिलो खेलमा नेपालले ११९ रनको फराकिलो जित हात पारेका छ ।

नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याउने क्रममा कतारले ११.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र २७ रन बनाउन सक्यो ।

कतारका लागि कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । कतारका ७ खेलाडी खाता पनि नखोली पेभिलियन फर्किए । 



उसका लागि एन्जेलीन मारे र खदिजा इम्तियाजले सर्वाधिक ८/८ रनको योगदान दिए ।

नेपालका लागि कप्तान रुविना क्षेत्री ३, कविता कुँवर र सीता रनानमगरले २/२ तथा करुणा भण्डारीले १ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।

यसअघि दोहास्थित वेस्ट इन्ड पार्कमा टास हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १४६ रन बनाएको थियो । 



यो टी–२० अन्तर्राष्ट्रियमा नेपाली महिला टोलीले तयार पारेका सबैभन्दा ठूलो योगफल हो । यसअघि सन् २०१९ मा मलेसियाविरुद्ध प्रहार गरेको १२६ रन नै सबैभन्दा ठुलो योगफल थियो ।  

नेपालका लागि इन्दु बर्माले अर्धशतकिय पारी खेलिन् । १७ औँ ओभरमा रिटायर्ड हर्ट भएर मैदान बाहिरिनुअघि उनले ४७ बलको समाना गर्दै ५ चौकाको मद्दतमा ५५ रन बनाइन् । 



योसँगै इन्दु नेपालका लागि टी–२० अन्तर्राष्ट्रियमा अर्धशतक प्रहार गर्ने पहिलो महिला खेलाडी बनेकी छन् । सीता रानामगरले ३९ तथा सरिता मगरले २१ रनको योगदान दिँदा कविता कुँवर ८ रनमा अविजित रहिन् । 

कतारका एन्जेलिन मारे र सबिजा पानायनले एक/एक विकेट हात पार्दा २ विकेट रन आउटका रूपमा प्राप्त भयो । यो जितसँगै नेपालले सिरिजमा १–० को अग्रता लिएको छ । दोस्रो खेल मङ्सिर १ (भोलि) हुनेछ ।  

  • प्रकाशित मिति : कात्तिक ३०, २०७८ मंगलबार १८:४६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया