कर दिवसमा करदाताहरू सम्मानित

सरकारले राष्ट्रिय कर दिवस २०७८ को अवसरमा विभिन्न क्षेत्रमा धेरै कर तिर्ने व्यवसाय र व्यक्तिलाई सम्मान गरेको छ। 

सर्वाधिक कर बुझाउनेमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) छ। निर्यात उद्योगतर्फ शशिरञ्जन मिश्र, डाबर नेपालले सर्वाधिक कर बुझाएको छ। 

विशेष उद्योगतर्फ गोपाल श्रेष्ठ सम्मानित भएका छन्। उनी एसियन पेन्ट्सका प्रमुख हुन्। कृषि उद्योगतर्फ पूर्वाञ्चल एग्रो टेकले सम्मानित भएको छ।

सहकारीतर्फ छिमेक लघुवित्त वित्तीय संस्था, वाणिज्य बैंकतर्फ नबिल बैंकले सर्वाधिक कर बुझाएको छ। छिमेकबाट गणेश घिमिरे र नबिल बैंकबाट अनिल शाहले सम्मान ग्रहण गरेका छन्। 

सेवामा नोबेल हस्पिटलले पनि धेरै कर तिरेर सम्मानित भएको छ भने पर्यटनबाट तारागाउँ रिजेन्सी (ह्यात) बढी कर तिरेर सम्मानित भएको छ। 

भाटभटेनी पनि बढी कर तिर्नेमा परेको छ। भाटभटेनीका कल्याण गुरुङ बढी कर तिरेर सम्मानित भएका हुन्। 



हिमाल पावर कम्पनीले पनि सम्मानित भएको छ। 

यता व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्ने सिद्धार्थ राणाले सम्मानित भएका छन्। उनी टाटा गाडीको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका चेयरम्यान हुन्।



सबैभन्दा बढी मूल्य अभिवृद्धि कर र आयकर बुझाउने उद्योगमा सूर्य नेपाल सम्मानित भएको छ। कम्पनीका सिनियर भाइस प्रेसिडेन्ट रवि केसीले सम्मान ग्रहण गरेका छन्। 

भ्याटमा अनुशासित भएको भन्दै घोराही सिमेन्टले सम्मान पाएको छ। बीमा कम्पनीका तर्फबाट नेपाल पुनर्बीमा कम्पनी सम्मानित भएको छ।

  • प्रकाशित मिति : मंसिर १, २०७८ बुधबार १३:३७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया