logo-img

मदिराजन्य पदार्थको विज्ञापन गर्ने सञ्चारमाध्यमलाई कारबाही गरिने

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बोर्डको सूचनालाई अटेर गरी मदिराजन्य पदार्थको विज्ञापन गर्ने सञ्चारमाध्यमलाई कारबाही गरिने बताएका छन् । सूचना प्रकाशित गरिसकेपछि पनि केही सञ्चारमाध्यममा मदिराजन्य पदार्थको विज्ञापन प्रकाशन भइरहेको भन्दै अध्यक्ष हुमागाईंले विज्ञापन प्रशारण गर्ने पत्रपत्रिका, विज्ञापन एजेन्सी र विज्ञापनदातालाई कानुनबमोजिम कारबाही गरिने बताए । 

बोर्ड अहिले विज्ञापन प्रकासन–प्रसारण गर्ने पत्रपत्रिका, विज्ञापन एजेन्सी र विज्ञापन दातालाई पत्राचार गर्ने तयारीमा रहेको उनले बताए । ऐनले मदिरा तथा सुर्तीजन्य पदार्थको विज्ञापनमा मात्रै रोक लगाएको बताउँदै उनले उत्पादन र बिक्री–वितरणमा भने रोक नलगाएको बताए । 

यता राष्ट्रिय टेलिभिजन प्रसारक संघले पनि सार्वजनिक सञ्चारमाध्यम र पत्रपत्रिकामा मदिराजन्य वस्तुको विज्ञापन प्रकाशन गरेकोमा विरोध गरेको छ । राष्ट्रिय टेलिभिजन प्रसारक संघका अध्यक्ष शंकर अधिकारीले सार्वजनिक सञ्चारमाध्यम र पत्रपत्रिकामा वर्जित विज्ञापन प्रकाशन रोक्ने काममा विज्ञापन बोर्ड विमुख हुन नमिल्ने बताए ।



सरकारले निकालेको सूचनालाई थ्रेट दिएर, अटेर गरेर निजी क्षेत्रले मदिराको विज्ञापन निकाल्दा प्रशासन, राज्य र विज्ञापन बोर्डले केही गर्न नसकेको उनको आरोप छ ।





  • प्रकाशित मिति : मंसिर १, २०७८ बुधबार २२:१३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया