डा. सिंह सहितले कुटे निर्वाचन अधिकृतलाई

नेपाली कांग्रेसको सर्लाही जिल्ला अधिवेशन गराउन खटिएका निर्वाचन अधिकृत दिवाकर पाण्डेय कुटिएका छन् । 

पार्टी कार्यालयमा केन्द्रीय सदस्य डा. अमरेशकुमार सिंह पक्षसहितले पाण्डेलाई कुटपिट गरेको हो। सर्लाही जिल्ला सभापति नागेन्द्रकुमार रायका अनुसार सिंहसँगै पार्टीका पूर्वसभापति लक्ष्मण राय यादव र सचिव नवीन अधिकारीको टोलीले पाण्डेयलाई कुटेका हुन् ।

अधिवेशनका मतदान अधिकृत खटाउने विषयमा छलफल भइरहेको बेला सिंह नेतृत्वमा आएका मानिसहरूले कुटेको रायले बताए । 

यसअघि सर्लाहीकाे निर्वाचन अधिकृतको रूपमा कांग्रेसको निर्वाचन समितिले विनोद कार्कीलाई खटाएकाे थियाे । तर, काकीले २६ कात्तिकमा राजीनामा दिएपछि पाण्डेय निर्वाचन गराउन खटिएका हुन् ।






  • प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार १२:५२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया