नेपाली कांग्रेसको अधिवेशनका लागि केही दिनअघि मात्र क्रियाशिल सदस्यता विवाद समाधान भएको सर्लाहीमा फेरि विवाद देखिएको छ ।
विवाद देखिएसँगै सर्लाहीको कांग्रेस अधिवेशन अब अन्योलमा परेको छ ।
सर्लाहीमा दुई पक्षबीच विभिन्न विषयमा मतभेद भएकाले त्यहाँको अधिवेशन नै अन्योलमा परेको छ । बिहीबार मात्र सर्लाहीका कांग्रेस सभापति नागेन्द्र यादवले अर्को समूहले निर्वाचन अधिकृतमाथि हातपात गरेको आरोप लगाएका थिए ।
यादवका अनुसार सर्लाहीका सांसद डा. अमरेशकुमार सिंहको टोलीले निर्वाचन अधिकृतमाथि हातपात गरेको हो । तर, सिंहले यादवले गैरकानुनी र अनैतिक काम गरेको आरोप लगाएका छन् ।
यी दुई समूहबीच विवाद बढ्दै जाँदा सर्लाहीको कांग्रेस अधिवेशन अन्योलमा परेको छ ।
सर्लाहीमा भएको विवादबारे काठमाडौंमा शीर्ष नेताहरुले यसको समाधानका लागि छलफल सुरु गर्ने भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।