अमेरिकाले राख्यो धार्मिक स्वतन्त्रता उल्लंघन गर्ने चीनसहित दश देशलाई ‘रातो सूची’मा

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले धार्मिक स्वतन्त्रता उल्लंघन गर्ने विश्वका १० देशलाई रातो सूचीमा राखेको छ । 

रातो सूची अर्थात 'क​न्ट्रीज अफ पर्टीकुलर कन्सर्न’ (सिपीसी) मा राखिएका १० देशमा बर्मा, चीन, इरान, उत्तर कोरिया, पाकिस्तान, रुस, साउदी अरब, ताजिकिस्तान, तुर्केमिनिस्तान र एरिट्रिया रहेका छन् । 

धार्मिक स्वतन्त्रताको अनुगमन गर्ने अमेरिकी प्यानल ‘युएस कमिसन अन इन्टरनेसनल रिलिजियस प्रिडम’ले यो सूचीमा भारतको नाम राख्न सिफारिस गरेको भएपनि बाइडेन प्रशासनले भारतको नाम राखेको छैन । 

अमेरिकाले अल्जेरीया, कोमोरोस, क्युबा र निकारागुआलाई निगरानीको सूचीमा राखेको छ । यी देशले पनि धार्मिक स्वतन्त्रताको उल्लंघन गरेको बुझाई अमेरिकाको छ । 





  • प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार १५:४९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया