सुनसरीबाट १८० किलो गाँजासहित शिक्षक पक्राउ

सुनसरी प्रहरीले सीमावर्ती क्षेत्रबाट १ सय ८० किलो तयारी अवस्थाको गाँजा बरामद गरेको छ । ट्याक्टरको डालामा पाता थपेर बनाइएको क्याबिनमा लुकाइएको सो परिमाणको गाँजा प्रहरीले देवानगञ्जबाट गाँजा बरामद गरेको हो ।

पराल लिन सीमापारी जानु पर्ने भन्दै मोटरसाइकल चालकले इजाजत माग्दै गर्दा प्रहरीले शंका मानी खाली ट्याक्टरको चेकजाँच गरेको थियो । सो क्रममा ट्रलीभित्र थप क्याबिन बनाएर लुकाएर राखिएको ठूलो परिमाणमा गाँजा प्रहरीले बरामद गरेको हो ।

प्रहरीले गाँजासहित ट्याक्टर सीमापारी कटाउन सहयोगीको भूमिका खेल्ने सन्तोष कुमार मेहतालाई समेत नियन्त्रणमा लिएको छ । मेहता स्थानीय विद्यालयमा कार्यरत शिक्षक रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

सुनसरी प्रहरीले बरामद गाँजासहित पक्राउ परेका मेहतालाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा बोल्ने क्रममा प्रहरी प्रमुख सञ्जय सिंह थापाले बरामद गाँजा तस्करीको तरिका बिलकुलै नौलो पाइएको बताए । उनले लामो समयदेखि गाँजा तथा लागुऔषध कारोबार भइरहेको हुन सक्ने देखिएकाले अनुसन्धान त्यस तर्फ केन्द्रीत गरिएको बताए ।





  • प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार १८:५०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया