रोल्पामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

रोल्पामा यात्रुवाहक बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । 

दाङको घोराहीबाट रोल्पाको थवाङका जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस माडी गाउँपालिका २ मा दुर्घटना भएको हो । 

दुर्घटनामा चारजनाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जना घाइते भएको रोल्पा प्रहरीले जनाएको छ । 

बस शहिदमार्गअन्तर्गत माडी गाउँपालिका–२ जलजलामा दुर्घटनामा परेको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए ।  

बसमा करिब २० जना सवार रहेको अनुमान गरिएको छ । बस सडकदेखि १०० फिट तल खसेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार १९:३०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया