मेयरको कमाण्डमा नगर प्रहरी फिल्डमा

हेटौँडा उपमहानगरपालिका वडा नम्बर-४ हुप्राचौरको सरसफाइमा मेयर हरिबहादुर महतको नेतृत्वमा नगर प्रहरी जुटेको छ । नगर प्रहरीले काम नगर्ने भन्दै आलोचना भइरहेको बेला मेयर महत आफैँले नेतृत्व गरेर नगर प्रहरीलाई सरसफाईमा लगाएका छन् ।  

हेटौंडाको मुख्य बजार क्षेत्रको सबै भन्दा ठूलो खेल मैदान र खुल्ला क्षेत्रमा घाँस र अरु फोहोरसमेत हुन थालेपछि नगर प्रहरीको सहयोगमा सफाइ गरिएको मेयर महतले बताए ।

बुधबारदेखि पुनः हुप्राचौरको सफाइ अभियान सुरु गरिएको र नसकुन्जेलसम्म सफाइ अभियानलाई निरन्तरता दिइने प्रहर प्रहरी प्रमुख नेत्र ढकालले जानकारी दिए ।

हुप्राचौरमा उपमहानगरपालिकाले वाकिङ ट्रयाक निर्माण गरेको र यो सफाइ अभियान जारी राखिएको उनले बताए । खेलमैदान पनि सबै आएर खेल्नका लागि समस्या हुँदै आएको थियो ।

अब सफाइ गरेपछि थप सहज हुने छ । यसअघि पनि दुइ महिनाअघि हुप्राचौर सफाइ गरिएको थियो । तर, अहिले फेरि घाँस, वनमाराको झार, प्लाष्टिकका बोत्तलले फोहोर भएकाले सफाइ अभियानमा जुटेको उनले बताए  ।

यसअघि भएको सफाई अभियानमा जनपथ प्रहरी, शसस्त्र प्रहरी, नगरप्रहरी, खेलप्रेमीहरुसहित मिलेर हुप्राचौर सफाइ गरेका थिए । अहिले हरेक बिहानको समयमा नगर प्रहरीले सफाइको सुरुवात गरेको हो । यसको नेतृत्व हेटौँडा उपमहानगरपालिकाका मेयर महतले गरिरहेका छन् ।





  • प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार १९:३५:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया