सुनसरीको दुहबीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

सुनसरीको दुहबी नगरपालिका–१२ मा गएराति मोटरसाइकलको ठक्करबाट साइकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

मृत्यु हुनेमा साइकलमा पछाडि सवार गढी गाउँपालिका–५ का ३३ वर्षीय हरि ऋषिदेव रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको हो । 

घाइते भएका साइकल चालक २९ वर्षीय रघुनन्द ऋषिदेवको सोही अस्पतालमा उपचार भइरहेको छ । 

प्रदेश–१, ०२, ०४६ प ७७३५ नम्बरको मोटरसाइकलले उनीहरु सवार साइकललाई गएराति १० बजे ठक्कर दिएको हो । 

मोटरसाइकल चालक फरार भएकोले खोजी भइरहेको प्रहरी चौकी शुक्रबारेले जनाएको छ ।
 





  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार ९:२९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया