लिबियामा ७५ आप्रवासीको समुद्रमा डुबेर मृत्यु, १५ जनाको उद्धार

आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) ले शनिबार पश्चिमी लिबियाको तटमा ७५ भन्दा बढी अवैध आप्रवासीहरू युरोप पुग्ने प्रयासमा समुद्रमा डुबेको बताएको छ।

आईओएमले ट्वीट गर्दै भनेको छ, 'लिबियाबाट प्रस्थान गरेपछि बुधबार ७५ भन्दा बढी आप्रवासी समुद्रमा डुबेका छन् भने जीवित १५ जनालाई माछा मार्ने व्यक्तिहरूले समुद्रमा डुबेर उद्दार गरेका छन् ।'

'यो पछिल्लो त्रासदीले यस वर्ष मध्य भूमध्यसागरमा ज्यान गुमाउनेको संख्या १ हजार ३०० भन्दा बढी पुगेको छ,' आईओएमले भनेको छ ।

लिबियाले २०११ मा दिवंगत नेता मुअम्मर गद्दाफीको पतन पछि असुरक्षा र अराजकताको सामना गरिरहेको छ । जसले उत्तर अफ्रिकी देशलाई भूमध्यसागर पार गरी युरोपेली किनारहरूमा जान चाहने गैरकानुनी आप्रवासीहरूका लागि प्रस्थानको एक रोजाइको बिन्दु पनि बनाएको छ ।





  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार २०:१९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया