मेथीले रोक्छ कपाल झर्ने समस्या

एजेन्सी– मेथी मानव स्वास्थ्यका लागि धेरै नै फाइदाजनक हुन्छ । मेथीलाई हामी तरकारी तथा अचारमा प्रयोग गर्छौं । मेथी मानव शरीरका लागि अचुक औषधि पनि हो । मेथीको दानालाई राति भिजाएर बिहान खाली पेटमा चबाएर खानुका साथै मेथी भिजाएको पानी पिउनाले मानव स्वास्थ्यसँग जोडिएका कैयौं समस्यालाई फाइदा गर्छ । मेथीमा धेरैथरी गुण तथा पोषक तत्त्व हुन्छ । जस्तै– क्यारोटिन, तामा, जिंक, सोडियम, फोलिक एसिड र म्याग्नेसियम आदि । मेथीबाट यस प्रकारका फाइदा हुन्छ:

उच्च रक्तचाप नियन्त्रण

उच्च रक्तचापबाट पीडितहरुका लागि भिजाएको मेथी धेरै फाइदाजनक हुन्छ । बेलुका भिजाएर राखेको मेथी बिहान पाँच बिहान–बेलुका खाएमा यसले रक्तसञ्चार नियन्त्रण हुन्छ र रक्तचापमा राहत हुन्छ । 

कपालका झर्ने समस्या हट्छ

यदि तपाईको कपाल झर्ने समस्या छ भने कपालमा मेथीको दाना भिजाएर यसको पेस्ट लगानुहोस् । यसले कपाल मजबुत हुनुका साथै छिटो सेतो हुने समस्या पनि हुँदैन । 

ग्यासट्राइटिक्सका बिरामीलाई फाइदा



मेथीले शरीरबाट टक्सिनलाई बाहिर निकालेर किडनीलाई बलियो बनाउँछ । यसका अतिरिक्त यसले ग्यासट्राइटिक्सबाट हुने समस्या पनि हटाउँछ । 

सुगर नियन्त्रण



मेथीको दानामा हुने सोल्युबल फाइबर्सले सुगरलाई नियन्त्रण गरी डायबिटिजलाई नियन्त्रण गर्छ ।  

तौल घटाउन सहयोग

भिजेको मेथीले छिटो तौल घटाउन निकै राम्रोसँग काम गर्छ । यदि तपाईं बेलुका भिजाएर राखेको मेथीको पानी बिहान पिउनुहुन्छ भने यसले तौल घटाउनुका साथै तपाईंलाई कुनै किसिमको रोग लाग्दैन ।

हड्डीको समस्या समाधान

मेथीका दाना हड्डीको समस्याका लागि पनि फाइदाजनक छ । मेथीलाई बेलुका भिजाएर छोड्दा यसको गुणस्तर पनि बढ्छ । त्यसैले मेथीलाई केही समय भिजाए खाँदा नै फाइदा हुन्छ । 
 

  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार २३:१४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया