logo-img

एमालेमा किचलो छैन, महाधिवेशन सहमतिकै आधारमा सम्पन्न हुन्छ : गोकर्ण विष्ट

नेकपा(एमाले)का सचिव गोकर्ण विष्टले आगामी महाधिवेशनको सम्बन्धमा कुनै पनि विवाद र अन्तरविरोध नरहेको बताएका छन् ।

मंगलवार नेकपा(एमाले)को स्थायी कमिटी बैठकको क्रममा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै सचिव विष्टले एमालेको महाधिवेशन सहमति र समझदारीकै आधारमा सम्पन्न गर्ने बताए ।

उनले एमालेभित्र कुनै पनि प्रकारको विवाद र अन्तरविरोध नरहेको स्पष्ट पारे । महाधिवेशनमा पार्टीभित्र किचलो र समस्या पैदा नहुने उनले उल्लेख गरे ।



‘आजको सन्दर्भमा नेकपा (एमाले)लाई चारै तर्फबाट जुन ढंगले घेराबन्दी गर्ने प्रयत्न गरिँदैछ, नेकपा(एमाले)माथि षड्यन्त्र गरिँदैछ । जुन प्रकारले प्रहारको निशाना बनाइँदै छ, यो कुरालाई हामीले गम्भीरता साथ मनन गर्दै सहमति, समझदारीका आधारमा एउटा निश्चित मर्यादाको सीमाभित्र रहेर नै हामीले महाधिवेशन सम्पन्न गर्छौ । यसतर्फ हामी अत्यन्त गम्भीर हुन्छौँ । एमालेभित्र विवाद, अन्तरविरोध छैन' उनले भने ।

एमाले स्वस्थ ढंगले, मर्यादित ढंगले, सझदारिताका साथ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्‍यौँ भनेर सन्देश दिने, आम कार्यकर्ताहरूमा एकताको भावना पैदा गर्ने, आम कार्यकर्ताहरूमा उत्साह पैदा गर्ने, जनताको अपेक्षाहरूलाई पूरा गर्ने, सशक्त, एकतावद्ध पार्टी निर्माण गर्नेगरी नै भूमिका खेल्ने बताए । 'यो महाधिवेशनमा कुनै पनि प्रकारको त्यस्तो किचलो, समस्या हुँदैन’ उनले भने ।

एमाले सचिव विष्टले एमालेभित्र कुनै गुटबन्दी र प्यानल नभएको जिकिर गरे । एमालेलाई गुटरहित र प्यानलरहित बनाउनेगरी अघि बढ्ने उनले बताए ।



‘बाहिर जुन प्रकारले एमालेको महाधिवेशनमा भाँडभैलो होला कि भनेर मान्छेले अनुमान, कल्पना गरेका होलान् । त्यो प्रकारको अवस्था आउँदैन । हामी आउन दिँदैनौँ,' उनले भने, 'समझदारीपूर्वक, अत्यन्त उच्च उत्साह पैदा गर्नेगरी नै हामी अगाडि बढ्छौँ । एमालेभित्र कुनै गुटबन्दी, प्यानल छैन । गुटरहित, प्यानलरहित एमाले निर्माणको लागि हामी अगाडि बढ्छौँ ।’



  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार १५:५२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया