रोनाल्डोको गोलमा म्यानचेस्टर नकआउट चरणमा

मुख्य प्रशिक्षक ओले गनर सोल्सायरलाई बर्खास्त गरेपछिको पहिलो खेलमै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड विजयी हुँदै युईएफए च्याम्पियन्स लिगको अन्तिम १६ अर्थात् नकआउट चरणमा पुगेकाे छ । 

मंगलबार राति भएको खेलमा युनाइटेडले स्पेनिस क्लब भिल्लारियलमाथि २-० को सहज जित निकाल्दै च्याम्पियन्स लिगको  नकआउट चरणमा स्थान पक्का गरेको हो ।

युनाइटेडको जितमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र जाडोन सान्चोले १-१गोल गरे ।  खेलको  ७८ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई १–० को अग्रता दिलाए । रोनाल्डोको यो ८०० औँ खेल हो । 

९० मिनेटपछि थपिएको समयमा जाडोन सान्चोले गोल गर्दै युनाइटेडको जित पक्का गरे । जितसँगै अन्तरिम प्रशिक्षक माइकल क्यारिकले पहिलो प्रशिक्षणमा युनाइटेडलाई जित दिलाउन सफल भए । 

समूह  ‘एफ’ को अर्को खेलमा योङ ब्वाइज र एटलान्टाले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । समूहमा एक खेल बाँकी रहँदा युनाइटेड ५ खेलबाट १० अंक बनाएर शीर्ष स्थानमा छ । पराजित भिल्लारियलसँग ७ अंक छ ।  एटलान्टाको ६ तथा योङ ब्वाइजको ४ अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

युनाइटेड नकआउट चरणमा स्थान बनाउँदा भिल्लारियल र एटलान्टालाई अर्काे चरणमा प्रवेश गर्ने मौका रहेको छ ।





  • प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार ६:४८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया