आठ एसएसपीलाई दर्ज्यानी चिह्न प्रदान

नेपाल प्रहरीका आठ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई निमित्त प्रहरी महानिरीक्षक नीरजबहादुर शाहीले दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
 
दर्ज्यानी चिह्न पाउने एसएसपीहरूमा विकासराज खनाल, सुदीप राजभण्डारी, अनुरागकुमार द्विवेदी, राजेन्द्रसिंह खड्का, योगबहादुर पाल, टीकाबहादुर केसी, ध्रुवराज राउत र भोलाबहादुर रावल छन् । 
 
प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार आयोजित कार्यक्रममा दर्ज्यानी चिह्न प्रदानपछि शाहीले प्राप्त जिम्मेवारीलाई थप सजग र इमान्दार भएर बहन गर्न निर्देशन दिए । 

उनीहरू गृहमन्त्री मन्त्रीस्तरबाट ७ मंसिरमा भएको निर्णयअनुसार प्रहरी उपरीक्षक (एसपी)बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा पदोन्नति भएका हुन् ।





  • प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार १८:३३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया