logo-img

सरला गौतमको ‘पिँजडाको मान्छे’  सार्वजनिक

पब्लिकेसन्स नेपालयले सरला गौतमको निबन्धहरूको संकलन ‘पिँजडाको मान्छे’  सार्वजनिक गरेको छ । 

यो पुस्तक यसवर्ष नेपालयले प्रकाशित गरेको दोस्रो प्राइमरी इ-बुक हो । नेपालयले यसभन्दा पहिले सुजीव शाक्यको 'अर्थात् परिवर्तन' लाई प्राइमरी इ-बुकको रूपमा प्रकाशित गरेको थियो।

संकलित निबन्धहरूले आधुनिक मनुष्यको एकाकीपन, प्रविधि, पितृसत्ता र पर्यावरणका मुद्दाहरूमा गहन दृष्टि राखेका छन् । 



पुस्तक निर्माणको मनोवैज्ञानिक विचरण बारे प्रष्ट्याउँदै लेखक गौतम भन्छिन्- ‘महामारीले संसारलाई दुईवटा फरक धारमा विभाजन गरिदियो- कोभिडभन्दा पहिलो र कोभिडभन्दा पछिल्लो धार । महामारीपछिको संसार आफ्नै समस्याको भारी बोकेर आएको छ; साथै यसले नसुल्झेका पुराना मुद्दाहरूलाई अझै चर्काएको पनि छ । यो अन्तरालमा पितृसत्ता, पर्यावरण्, कृषि, समानताका मुद्धाहरूलाई नियाल्ने नयाँ आयाम खुलेका छन । विराटतम स्वतन्त्रताको खोजीमा शहर पसेको मान्छे कस्ता अदृश्य पिँजराहरूको जञ्जालमा फँस्दै गएको छ, त्यही प्रक्रियाहरूको चिन्तनको उपज हो यो पुस्तक ।’ 

संकलित निबन्धहरूमा सुपरिचित गद्यशैली झल्किएको छ जसले गौतमलाई नेपाली पत्रपत्रिकामा उल्लेखनीय स्तम्भकारको रुपमा स्थापित गराउन मद्दत गरेको छ । समाचारपत्रमा पूर्वप्रकाशित उनको निजत्व झल्कने केही लामा लेखहरूले पनि पुस्तकमा स्थान पाएका छन् ।

‘हामी गद्यका उल्लेखनीय कृतिहरूलाई सहज बनाउनका निम्ति थप पहुँच-योग्य डिजिटल फरम्याटमा काम गरिरहेका छौं,’  पब्लिकेसन्स नेपालयकी प्रमुख कार्यकारी अधिकृत सैजन मास्केले जानकारी गराइन् । ‘पिँजडाको मान्छे’  यो शृङ्खलाको पहिलो कृति हो । आगामी दिनहरूमा हामी ई-बुक खण्डका निम्ति गद्य कृतिहरूको दायरालाई अझै फराकिलो पार्नेछौँ । इ-बुकले सुस्त गतिमै भए पनि नेपाली पाठकहरूबीच आफ्नो स्थान बनाउँदै छ । 





  • प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार ११:४४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया