logo-img

सरला गौतमको 'पिँजडाको मान्छे' सार्वजनिक

पब्लिकेसन्स नेपालयले सरला गौतमको निबन्धहरूको संकलन 'पिँजडाको मान्छे' सार्वजनिक गरेको छ । यो पुस्तक यसवर्ष नेपालयले प्रकाशित गरेको दोस्रो प्राइमरी ई-बुक हो । नेपालयले यसभन्दा पहिले सुजीव शाक्यको 'अर्थात् परिवर्तन' लाई प्राइमरी ई-बुकको रुपमा प्रकाशित गरेको थियो ।

संकलित निबन्धहरूले आधुनिक मनुष्यको एकाकिपना, प्रविधि, पितृसत्ता र पर्यावरणका मुद्दाहरूमा गहन दृष्टि राखेका छन् । पुस्तक निर्माणको मनोवैज्ञानिक विचरणबारे प्रष्ट्याउँदै लेखक गौतम भन्छिन्- 'विराटतम स्वतन्त्रताको खोजीमा शहर पसेको मान्छे कस्ता अदृश्य पिँजडाहरूको जञ्जालमा फस्दैगएको छ, त्यही प्रक्रियाहरूको चिन्तनको उपज हो यो पुस्तक ।'

संकलित निबन्धहरूमा सुपरिचित गद्य-शैली झल्किएको छ जसले गौतमलाई नेपाली पत्रपत्रिकामा उल्लेखनीय स्तम्भकारको रुपमा स्थापित गराउन मद्दत गरेको छ । समाचारपत्रमा पूर्व-प्रकाशित उनको निजत्व झल्कने केही लामा लेखहरूले पनि पुस्तकमा स्थान पाएका छन् ।



'हामी गद्यका उल्लेखनीय कृतिहरूलाई सहज बनाउनका निम्ति थप पहुँच-योग्य डिजिटल फर्म्याटमा काम गरिरहेका छौं,' पब्लिकेसन्स नेपालयकी प्रमुख कार्यकारी अधिकृत सैजन मास्केले जानकारी गराइन् । 'पिँजडाको मान्छे' यो शृङ्खलाको पहिलो कृति भएको उनको भनाइ छ । आगामी दिनमा ई-बुक खण्डका निम्ति गद्य कृतिहरूको दायरालाई अझै फराकिलो पार्ने उनले बताइन् ।

'पिँजडाको मान्छे' नेपाली बजारका निम्ति थुप्रै डट कमले १०० रूपैयाँमा उपलब्ध गराउने छ ।





  • प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार १८:२९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया