logo-img

'जबज'बारे घनेन्द्रको आलोचनात्मक पुस्तक बजारमा

स्रष्टा, पत्रकार एवं राजनीतिक विश्लेषक घनेन्द्र ओझाको नयाँ पुस्तक 'जनताको बहुदलीय जनवाद: फरक बहस' बजारमा आएको छ ।

नेकपा माले र मार्क्सवादीको एकीकरणपछि बनेको नेकपा एमालेको २०४९ सालमा भएको पाँचौँ महाधिवेशनले पारित गरेर अपनाएको मार्गदर्शन 'जबज'माथि आलोचनात्मक टिप्पणी गरिएको यस पुस्तकमा नेपालको कम्युनिस्ट आन्दोलनका आरोह-अवरोहदेखि जबजको यो तीन दशकमा गरिएको अभ्यासमा देखिएका कमी कमजोरीबारे विश्लेषण गरिएको छ ।

तीनवटा खण्ड रहेको पुस्तकमा जबज पूर्ण दस्तावेज पनि समावेश छ । इन्डिगो इन्कले प्रकाशन गरेको पुस्तकको मूल्य २९९ रुपैयाँ छ ।
 







  • प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार २०:५८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया