सुदूरपश्चिम प्रदेशसभा सांसद नन्दाकुमारी बम नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन् । महाधिवेशन प्रतिनिधिमा दार्चुलाबाट महिला प्रत्यक्षतर्फ चार सिटका लागि पाँचजनाको प्रतिस्पर्धा भएकोमा बमले ४ सय ९० मत मात्र प्राप्त गरिन् ।
महाधिवेशन प्रतिनिधिमा शैल्यशिखर नगरपालिकाका उपमेयर राजमती पाल र शान्तिदेवी बम समान ६८७/६८७ मत ल्याएर विजयी भएका छन् । दुहुँ गाउँपालिका उपाध्यक्ष ईश्वरी जोशीले ६ सय ६९ र यसोधा तिंकरीले ५ सय ६७ मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।
केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि ५९ जनाले मनोनयन दर्ता गराएका थिए । महाधिवेशन प्रतिनिधिमा २५ जना चयन भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।