पाँच घण्टा ढिलो गरी सुरु भयो एमालेको बन्दसत्र
फरकधार / ११ मंसिर, २०७८

नेकपा एमालेको १०औँ महाधिवेशनको बन्दसत्र सुरु भएको छ । चितवनको होटल सेभेन स्टारमा निर्धारित समयभन्दा पाँच घण्टा ढिलो गरी बन्द सत्र सुरु भएको हो ।
बन्दसत्रको सञ्चालन महासचिव ईश्वर पोखरेलले गरेका छ । 



केन्द्रीय पदाधिकारी र सदस्यहरूमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासका कारण बन्द सत्र लम्बिएको एमाले नेताहरूले बताएका छन् । बन्द सत्रलाई विदेशबाट बोलाइएका अथितिहरुले सम्बोधन गर्ने छन भने विभिन्न देशका नेताहरूबाट आएका शुभकामना सन्देश पढेर सुनाइने कार्यक्रम छ । बन्द सत्रलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेपछि बन्द सत्रको हल अध्यक्ष मण्डललाई हस्तान्तरण गरिने कार्यक्रम छ ।  



  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार १५:२७:३९,   अन्तिम अपडेट : मंसिर ११, २०७८ शनिबार १९:१८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया